बलिउड अभिनेता अनुपम खेरले गरे ‘गोर्खा वारियर’को प्रसंशा

...

फागुन, काठमाडौँ । गएको शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गोर्खा वारियरलाई लिएर बलिउडका चर्चित कलाकार अनुपम खेरले प्रसंशा गरेका छन् । सामाजिक संजाल इन्स्टाग्राममा स्टोरी पोस्ट गर्दै उनले ट्रेलरको प्रशंसा गरेका हुन् । उनले, निर्देशक मिलन चाम्सको समेत नाम उल्लेख गर्दै ट्रेलर आफूलाई निकै मन परेको लेखेका छन् । 

विशेषगरि, फिल्म हेर्नका लागि लाहुरे र गोर्खाली सैनिकको पृष्ठभूमि भएका परिवारका सदस्यहरू बढी हलमा पुगेका छन् । शनिबार काठमाडौंका केही हल र धरानका हलमा दर्शकको चाप राम्रो देखिएको थियो । 

मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रको मेकिङको प्रशंसा पनि भइरहेको छ । चलचित्रमा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, रेअर राई, कविता आले लगायतका कलाकारको अभिनय छ ।