चलचित्र ‘सिटामोल’को छायांकन सम्पन्न

...

फागुन, काठमार्डौं । चलचित्र ‘सिटामोल’को छायांकन सकिएको छ । राज बहादुर सानेको निर्देशनमा निर्माण भैरहेको ‘सिटामोल’को काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सम्पुर्ण छायांकन सिन्धुलीमा सकिएको हो।

 चलचित्रको छायांकन २५ दिनसम्म सिंन्धुलीमा गरिएको हो । चलचित्रको छायांकन सहज वातावरणमा रमाइलोसँग सकिएकाले राम्रो बनेको निर्देशक सानेले बताए । अहिलेको अवस्थामा नै काम भएको खण्डमा तीजमा सिनेमा रिलिज लक्ष्य राखिए निर्माण टिमले जानकारी दिएको छ ।

चलचित्रको छायांकन सकिएपछि निर्माण टिमले मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्वीर समेत सार्वजनिक गरेको छ । सार्वजनिक तस्वीरले दर्शकमाझ सिनेमाप्रति उत्साह पैदा गर्ने देखिन्छ । चलचित्रमा उनीहरु श्रीमान श्रीमतीको रुपमा प्रस्तु भएको बुझ्न सकिन्छ । माओवादी जनयुद्धको कथा चलचित्रले उठान गरेको बुझिएको छ ।

तुलसी देवी फिल्म प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रमा सौगातले जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन् । चलचित्रमा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।

चलचित्रको कथा निर्देशक साने स्वंयमले लेखेका हुन् । बाबुल गिरीको संगीत रहेको चलचित्रलाई दिव्य सुवेदीले खिचि रहेका छन् । चचित्रमा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन् ।