सिमानामा काँडेतार लगाउनुपर्ने माग सहित हस्ताक्षर संकलन

...

फागुन, काठमाडौँ । प्रदर्शन हुने तयारीमा रहेको नेपाली चलचित्र ‘काँडेतार समूहले नेपाल भारतको सिमानामा काँडेतार लगाउनु पर्ने माग सहित हस्ताक्षर संकलन गरेको छ । चलचित्रका निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार रत्नपार्कमा उक्त हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो ।

आफूले फिल्म ‘काँडेतार को विशेष शो गर्दा देशभरमा विभिन्न स्थानमा हस्ताक्षर अभियान सन्चालन गरेको र आज थप संकलन गगरिएको बताएका छन् । उनले संकलन भएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने जानकारी दिए । यस्तै, खड्काले निर्देशन गरेको फिल्म ‘काँडेतार  आगामी फागुन २५ बाट रिलिज हुने तयारीमा रहेको छ ।

राष्ट्रिय भावनामा आधारित यो चलचित्र भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु चलचित्रमा पेश गरिएको छ । नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने मत पेश गरेको छ । चलचित्रमा नवल अलावा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय रहेको छ । सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको चलचित्रको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् ।

मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन् । चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्रकी कार्यकारी निर्माता सत्यकला राई  नादिया खड्का र सनया खड्का हुन् ।