विराज भट्टको ‘१२ गाउँ‘मा न्यान्सी खड्का नायिका बन्ने

...

फागुन, काठमाडौँ । एक्सन स्टार विराज भट्टले बनाउने चलचित्रको नायिका फाइनल गरिएको छ । चलचित्र  ‘१२ गाउँ‘मा न्यान्सी खड्का नायिका बन्ने भएकी हुन् । निर्माण टिम र नायिका बिच सम्झौता भइसकेको बताइएको छ । 

‘हामीले स्क्रिप्ट सुनायौं, उहाँले मनपराउनुभयो। हाम्रो सिनेमाको पात्रले खोजेको जस्तै भएकाले उहाँलाई अनुबन्धित गरेका छौं‘, विराजले भने । खड्का मिस नेपाल इन्टरनेशनल २०२२ हुन्। विराटनगर घर भएकी न्यान्सी व्यवसायिक मोडलसमेत हुन् भने उनले आमसंञ्चार विषयमाअमेरिकाबाट स्नातक गरेकी छन् ।

उनी केही समय अगाडि जापानमा भएको ‘मिस इन्टरनेश्नल‘मा नेपालको प्रतिनिधित्व गरेकी थिइन। यसका अलावा न्यानसीले मानसिकस्वास्थ्यमा जनचेतना फैलाउने काममा सक्रिय रहँदै आएकी छन्।

यसै चलचित्रबाट विराज आफ्ना छोरा समीर भट्टलाई डेब्यू गर्ने योजनामा छन्। त्यसैले चलचित्रमा न्यान्सी कसको जोडी बन्छिन् भन्ने बारेमानिर्माण पक्षले हालसम्म केही खूलाएको छैन्।

Biraj-Nancy.jpg

केही समय अगाडि विराजले छोराको तस्विर सार्वजनिक गरेपछि अन्य धेरै नेपाली निर्माता उनको छोरालाई चलचित्र खेलाउन लालायित भएको बताइन्छ । हाल प्रिप्रोडक्सनको चरणमा रहेको ‘१२ गाउँ‘ ठूलो बजेटमा तयार हुनेछ । चलचित्र चैत १५ बाट छायाँकनमा जाने भएको छ ।

सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता विराज प्रमुख भूमिकामा देखिनेछन् । चलचित्रलाई विराज आफैंले निर्देशन गर्नेछन् । सन् २०२४ मा रिलिज हुने चलचित्रमा विराजले नेपाली चलचित्र इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी गरेका छन् । उनले यसलाईअन्तर्रराष्ट्रिय स्तरमा लैजाने गरी तयारी गरिरहेका छन् । नेपाली सिनेमामा एक्सन भूमिकाहरुबाटै सुपरस्टार बनेका विराज पछिल्लोसमय भोजपुरी चलचित्रमा व्यस्त छन् ।

‘१२ गाउँ’ चलचित्र विराजको होमप्रोडकसन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुनेछ ।