मेट्रो बसलाई पनि मन्त्रीलाई जस्तो कुर्न नपरोस्ः हरिवंश आचार्य

...

चैत, काठमाडौं । चैत महिनाबाट राजधानीमा ३९ वटा महानगरीय मेट्रो बस सञ्चालनमा आएका छन् । राजधानीको मानव चापलाई सहज हुने हिसाबले सञ्चालनमा ल्याइएको मेट्रोबसले राजधानीका बासिन्दाहरुलाई सहज हुने देखिएको छ । चक्रपथ पक्रिकमा गर्ने यी बसहरुमा आरामदायी सिटका साथमा टिभि हेर्ने सुविधा, एप्स मार्फत बस कहाँ पुग्यो र आफु ओर्लने दुरी अब कति टाढा छ लगायतका सुबिधाहरु छन् ।
hari basna acharyaउद्घाटन कार्यक्रममा उद्योगमन्त्री सोमप्रसाद पाण्डे उपस्थित थिए । मन्त्री पाण्डेले उद्घाटन गर्ने उक्त कार्यक्रममा चर्चित वरिष्ठ हाँस्यकलाकार महजोडी पनि रहेका थिए । मन्त्री पाण्डेलाई उद्घाटनको कार्यक्रममा करिब दुई घण्टा कुर्नु परेको कलाकार हरिबंश आचार्यले बताए । यसरी मन्त्री जीलाई कुरे जस्तो यो मेट्रो बसलाई कुर्न नपरोस् फेरी कोही पनि नचढ्देलान् भन्दै हरिवंशले हँसाएका थिए । कलाकार हरिवंशले मेट्रोबस सञ्चालन गरेर धेरै नै राम्रो कामको सुरुवात गरेको बताएका थिए ।