मदन ढकालको ‘दुना टपरी’ गीतको नाममै बिष्णु खत्रीको आपत्ति, परिवर्तन भएर आयो गीत

...

फागुन, काठमाडौँ । ‘दुना टपरी’ बोलको गीतको नामलाई लिएर गायक बिष्णु खत्रीले आपत्ति जनाएसँगै गीतको नाममा फेरबदल भएर आएको छ । गायक खत्रीको डेढ दशक अघिको दुना टपरी गीतको नाम मिलाएर अन्य गीत सार्वजनिक गर्न नपाउने र सार्वजनिक गरे कानुनी कारबाहीमा जाने चेतावनी दिएका थिए । उनले लय तथा शब्दमा नभई नाममा मात्र आपत्ति जनाएका थिए ।

गएको शुक्रबार टि.एम. म्युजिक प्रोडक्सन युट्युव च्यानलबाट सार्वजनिक गीतको शिर्षक अहिले ‘मनै नपरी दुना टपरी’ राखिएको छ । गीतका निर्माता तथा गायक मदन ढकालले बिष्णु खत्रीप्रतिको सम्मानलाई लिएर नाममा फेरबदल गरेको बताए । ‘बिष्णु खत्री जत्तिको बौद्धिक ब्यक्तिले कुन कुरा उठाइरहेको छु उहाँले सोच्नुपर्ने कुरा हो । ‘गायक ढकालले आर्टिष्ट खबरसँग भनेका छन्, ‘अहिले उहाँको बर्षौदेखीको गीतसंगीत क्षेत्रको योगदानलाई हेर्दै सम्मानका लागी फेरबदल गरेका हौं ।’

सार्वजनिक ‘मनै नपरी दुना टपरी’मा गायक ढकालसँगै सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । गीतका शब्द भने समिर घिमिरेले लेखका हुन् हुने संगीत तिर्थ खत्रीले भरेका छन् । भिडिओमा बिनोद भण्डारी र सारिका केसीको अभिनय रहेको छ । नवराज उप्रेतीको टिमले खिचेको भिडिओ बिनोद भण्डारीले नै निर्देशन गरेका हुन् ।