श्रीप्रसाद थापाको ‘सहारा’ सार्वजनिक

...

फागुन, काठमाडौँ । अभिनेता तथा सर्जक श्रीप्रसाद थापाको नयाँ कोसेली सार्वजनिक गरिएको छ । थापाको शब्द र संगीतमा ‘सहारा’ बोलको गीत सार्वजनिक छ । जसमा रामचन्द्र चन्दको स्वर रहेको छ । एरेन्ज पनि चन्दकै रहेको छ भने मिक्सिङ मास्टरीङ श्याम स्वेत रसाइलीले गरेका हुन् । 

रामचन्द्र चन्द युट्युवमा अपलोड गीतको भिडिओमा यशु भट्टराइ र खिम खरेल (बिस्नु) फिचर्ड छन् । हेमनाथ खरालको परिकल्पना रहेको गीतको भिडिओ हुम गैरेले निर्देशन गरेका हुन् । भिडिओ बसन्त महर्जनले खिचेका हुन् । 

यस गीतका सर्जक थापा लोकप्रिय अभिनेता हुन् । उनले गीत लेखनमा पनि सक्रिएता जनाइरहेका हुन्छन् । उनले यसअघि ‘धानको बाला साइली, चलचित्र गोर्खा पल्टनमा समावेश आँधिखोले दाई, मया पैंचो नदेउ साईली, छोडिजाने’लाई जस्ता सफल गीतहरु लेखिसकेका छन् ।