चिराइतो र नबशिला मुक्तक संग्रह बिमोचन

...

फागुन, काठमाडौँ । मुक्तककार बद्रि उप्रेतीको मुक्तक संग्रह‘ चिराइतो‘ र नवराज पोखरेल नवशिला को मुक्तक संंग्रह ‘नवशिला‘ दुई कृति एकै साथ लोकार्पण गरिएको छ । दुई कृतिहरुको आज एक भव्य समारोहका बीच लोकार्पण गरिएको हो । शनिबार काठमाण्डौं स्थित लिलाध्वज साहित्य प्रतिष्ठानको हलमाती कृतिहरुको विमोचन गरिएको हो।

कुल २९९ वटा मुक्तक समेटिएको ‘चिराइतो ’ र ४०० वटा मुक्तक रचना समेटिएका ‘नवशिला’लाई नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकी, मुक्तिनाथ साहित्य समाजका अध्यक्ष कलानिधिदाहाल , लिलाध्वजथापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा , बरिष्ठ साहित्यकार तथापत्रकार वियोगी बुढाथोकी, हामी र हाम्रो समुहका अध्यक्ष मदन नेपाल, साहित्यकारहरु सारदा आचार्य गौत्तम,  गंगाआचार्य सेढाईं, प्रा डा गोविन्द सिंह कार्कीं, नारि श्रष्टा समाजकी अध्यक्ष ममता मृदुल लगायतले संयुक्त रुपमा लोकार्पण गरे । कार्यक्रममा साहित्यकार तथा स्रष्टाहरुको निकै ठूलो जमघट थियो ।

यसअघि आफ्ना सयौं सिर्जनाहरुलाई विभिन्न माध्यमबाटको बाहिर ल्याइसकेका मुक्तककार बद्री उप्रेतीको व्यक्तित्व र उनको कृतित्वमाथि स्रष्टाहरुले खुलेरै टिप्पणी गरेका थिए । त्यस्तै मोरङका साहित्यकार तथा मुक्तककार नवराज पोखरेलको नवशिला कृतिकावारेमा साहित्यकारहरुले उर्जाशिल र मुक्तककारका रुपमा रहेका र्सिजनशिल सष्ट्रा नवशिला रहेको उपस्थित सष्ट्राले बताए ।

कार्यक्रममा ‘चिराइतो’मुक्तक को समीक्षा गर्दै प्रा. डा गोविन्द मान सिंह कार्कीले बद्रि उप्रेतीको साहित्यिक यात्राको प्रशंसा गरे । मुक्तक संग्रह ’नवशिला’को समीक्षा गर्दै ममता मृदुलले एक शालीन र सरल व्यवहारका सशक्त मुक्तककार नवराज पोखरेल नवशिला रहेको आफूहरुले पाएको दाबी गरे ।

यस्तै मुक्तिनाथ साहित्य समाजका अध्यक्ष कलानिधि दाहालले वद्री उप्रती र नवराज पोखरेलका सिर्जनाहरुमा आफूले उर्वरता देखेको टिप्पणी गरे । दुवै कृतिबाट एक÷एक मुक्तकहरु उपस्थित सर्जकरुले समेत वाचन गरेका थिए । आफुहरुले साहित्यको विकासका लागी भएपनी आफनो सिर्जनाहरुलाईलाई आम पाठक समक्ष ल्याएका विमोचित कृतिका लेखकहरुको भनाई थियो ।