फागुन, काठमाडौँ । टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन बन्द हुने भएको छ । सन्चालक जितु नेपालले एक नोटिस जारी गर्दै बन्द गरेको घोषणा गरेका हुन् । फेसबुकमा उनले एक्कासी बन्द गर्नुपरेको तर कारण अहिले नभन्ने भन्दै लेखेका छन् ।
उनले लेखेका छन्, ‘अन्तत एमसिसि (मुन्द्रेको कमेडी क्लब) बाट बिदा मागीयो आज अन्तीम भाग । ३ सिजन गरेर १८४ भाग गरीएछ । सबै प्रती आभारी छु । भन्न पर्ने कुरा सबै कार्यक्रममै भनेको छु, एक्कासी बन्द गर्न पर्ने केही कारण चॅाही भनेको छैन अहीले पनि भनिन समय आएपछी भनौला ।’
के कारण बन्द भयो भन्ने बिषयमा जितुले नखुलाएपनि धेरैको आँकलन शोको पछिल्लो समयको घट्दो लोकप्रियतालाई बुझेका छन् । जितुको स्टाटसमा आएका अधिकांश प्रतिक्रियामा शोले पाउन नसकेको चर्चा भनेका छन् । केहि समयअघि शो प्रसारण गरेको टेलिभिजनले खबर नै नगरी प्रसारण समय नै हेरफेर गरेका कारण जितु रुष्ट थिए ।
यो शोको निर्माता उषा पौडेल रिजाल रहेकी थिइन् भने शोको निर्देशन दिनेश डिसीले गरेका थिए । शोको अध्यक्षको रुपमा प्रियंका कार्कीलाई देख्न पाइएको थियो भने राजेन्द्र नेपाली, दिनेश काफ्ले, प्रभात लामा, एलिना बास्कोटा, श्याम राना मगर, राधिका कंडेल लगायतले प्रस्तुती दिँदै आएका थिए ।







२२ फाल्गुन २०८०, मंगलवार ०९:०८ 








