बुद्दि तामाङको शर्ट फिल्म ‘ओ यम जी’ युट्युबमा रिलिज

...

फागुन, काठमाडौँ । शर्ट फिल्म ‘ओ यम जी’ युट्युबमा रिलिज गरिएको छ । लेखक तथा निर्देशक पुरु रंकासु राईको यस फिल्ममा बुद्दि तामाङ र सुदिप जंग कार्कीको अभिनय रहेको छ । यस लघु चलचित्रले राजनीतिक नेताहरुलाई झटारो प्रहार गरेको छ ।

किरण राईको छायाँकन र सम्पादन रहेको ‘ओ यम जी’ मा अनिश श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक रहेको छ । उत्तम चन्द्र राईको निर्माणमा बनेको शर्ट मुभि ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ । यो शर्ट फिल्म बिसेष सोच र सचेतनाको लागी निर्माण गरिएको लेखक तथा निर्देशक राईले बताए ।

लामो समय देखि युके बस्दै आएका पुरु राई नेपाली कला क्षेत्रलाइ माया गर्ने व्यक्ति हुन् उनले युके बस्दा नेपाली चलचित्रलाई नियाली रहेका थिए । अहिले उनि नेपाल फर्केर चलचित्र क्षेत्रमा केहि गरौँ भन्ने उदेश्यका साथ काम गरि रहेका छन् । यसअघि एउटा शर्ट मुभी र केहि म्युजिक भिडियोको  निर्देशन गरि सकेका राई आफ्नै लेखन तथा निर्देशनमा फिचर फिल्म निर्माणको तयारीमा रहेका छन् ।