पुजा शर्माको ‘दान्भी’ जेठ १०मा प्रदर्शन हुने

...

फागुन, काठमाडौँ । चलचित्र ‘दान्भी’ आगमी बर्षको जेठ १० गतेबाट प्रदर्शनमा आउने भएको छ । महाशिवरात्री तथा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्रको प्रदर्शन मिति तय गरिएको हो । रुपेश तामाङको निर्देशनमा तयार भएको यो चलचित्रको उक्त प्रदर्शन मिति (जेठ १०)मा बुद्ध जयन्तीको सार्वजनिक बिदा समेत भएकाले चलचित्र बिहिबारबाट नै  रिलिज हुनेछ । एक्सनप्रधान यो चलचित्रमा नायिका पूजा शर्मा केन्द्रिय भूमिकामा छिन् । चलचित्रको टिजर सार्वजनिक भएपछि यसको चर्चा पनि चुलिएको थियो ।

चलचित्रको छायांकन नेपाल र भारतमा गरिएको छ । देव मगर, अनुप गडाल निर्माता रहेको यो चलचित्रमा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् । यो चलचित्रमा पूजाको जोडीको रुपमा कुन्साङ बोमजमले अभिनय गरेका छन् । चलचित्रमा किरण श्रेष्ठको पनि मुख्य भूमिका छ ।

लभ स्टोरी चलचित्रमा रुचाइएकी नायिका पूजा शर्माले पहिलो पटक ‘दान्भी’ मार्फत आफूलाई एक्सन लयमा उभ्याएकी हुन् । निर्माणपक्षले वितरकसँग सल्लाहा गरेर राम्रो मितिमा चलचित्र प्रदर्शन गर्न लागेको बताएको छ ।