शिवरात्रीको अवसरमा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा

...

फागुन, काठमाडौं । आज शुक्रबार (फागुन २५)मा एकसाथ तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । महाशिवरात्रीको अवसरमा तीनै चलचित्र एकसाथ प्रदर्शन भएका हुन् । चलचित्र उपहार, रंगेली र काँडेतार देशैभरीका हलमा प्रदर्शन भएका छन् । 
 
यि तीनै चलचित्रले प्रदर्शन पुर्व काठमाडौंमा प्रिमियर शो सम्पन्न गरेका छन् । जसबाट चलचित्रलाई मिश्रित प्रतिक्रिया आएका छन् । प्रिमियरमा उपस्थित अधिकांश कलाकर्मीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको रेखा थापा प्रस्तुतकर्ता रहेको उपहार चलचित्रमा रेखासँगै पुजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, सर्मपण जंग कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यस्तै अर्जुन सुवेदीले पहिलो पटक लेखन तथा निर्देशन गरेको चलचित्र रंगेलीको पनि चर्चा छ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । यो ग्यांगस्टार चलचित्र हो । 
यस्तै देशको सिमारेखाको बिषयमा बनेको चलचित्र काँडेतारलाई नवल खड्काले निर्देशन गरेका हुन् । चलचित्रमा नवलकै मुख्य भूमिका रहेको छ । यो चलचित्रले पनि प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो ।