‘उपहार’का दर्शक भेट्न हलमा पुगेकी पुजा भन्छिन्, अब फिल्म हिट भइसक्यो

...

फागुन, काठमाडौँ । आज (शुक्रबार)बाट चलचित्र उ’पहार’ प्रदर्शनमा आएको छ । जसमा मुख्य भूमिकामा नायिका पुजा शर्मा पनि छिन् । प्रदर्शनको पहिलो दिनको बिग मुभिजको पहिलो शोका दर्शक भेट्न पुग्दा पुजा उत्साहित देखिइन् । हलका सिट ८० प्रतिशत भरिएका थिए । अधिकांश दर्शकले चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिए । नायिका पुजाले प्रत्यक्ष दर्शकसँग प्रतिक्रिया लिइरहेकी थिइन् ।

हलबाट बाहिर निस्किदै गर्दा नायिका पुजाले अब उपहार हिट भइसक्यो भन्दै खुसी देखिइन् । दर्शकको प्रतिक्रिया लिनुभयो कस्तो लाग्यो ? भन्ने आर्टिष्ट खबरको प्रश्नमा पुजा भन्छिन्, ‘सबैले यत्तिराम्रो भनिदिनुभएको छ । सबैतिरबाट निकै राम्रो प्रतिक्रिया आइरहेको छ । अब फिल्म हिट भइसक्यो ।’ उनले उपहारले दर्शकको मन जितेको बताउँछिन् ।

pooja-sharma-upahar-movie.jpg

हलमा पुजा सँगै नायिका बेनिशा हमाल, अभिनेता मुकुन भुसाल, समर्पणजंग कार्की, निर्देशक ज्ञानेन्द्र देउजा पुगेका थिए । निर्देशक देउजाका अनुसार आज देशका अधिकांश हलहरुमा दर्शकको संख्या राम्रो छ । शुक्रबार काठमाडौंका धेरै हलमा दर्शक भेट्न पुग्ने उनले बताए ।

Upahar 1.jpeg

चलचित्र उपहारसँगै ‘रङ्गेली’ र ‘काँडेतार’ पनि प्रदर्शनमा आएका छन् ।