चन्द्रलोक प्रतिष्ठानले गर्यो महिला दिवसको अवसरमा ४० बढी नारीलाई सम्मान

...

गोपिकृष्ण चापागाईं/ फागुन, काठमाडौँ । चन्द्रलोक प्रतिष्ठानले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दर्जनौं नारीहरुलाई सम्मान गरेको छ । बिहीबार काठमाडौंको सभागृहमा एक भब्य कार्यक्रमको आयोजना गर्दै बिभिन्न क्षेत्रमा लामो समयदेखी योगदान पुर्याएका नारीहरुलाई सम्मान गरिएको हो ।  

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री झलनाथ खनालले उपस्थित महिलाहरुलाई सम्मान पत्र प्रदान गरे । साथै प्रमुख अतिथि खनालले सम्मानित सम्पुर्ण महिलाहरुलाई बधाई दिँदै चन्द्रलोक प्रतिष्ठानले गरेको कामको प्रसंसा गरे । उनले बिभिन्न क्षेत्रमा महिलाहरुले निकै ठुलो योगदान गरिरहेको र ति महिलाहरुको पहिचान गरी चन्द्रलोक प्रतिष्ठानले सम्मान गरेर थप हौसला दिने काम गरेको भन्दै उनले आगामी दिनमा पनि यसरी नै प्रोत्साहन र हौसला दिन आग्रह गरे । 

chandralok-pratisthan (4).JPG

कार्यक्रमका सभापति चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले प्रतिष्ठानले बिभिन्न समयमा बिभिन्न क्षेत्रलाई समेट्दै कार्यक्रम गर्दै आएको जानकारी गराए । साथै उनले महिला दिवसको अवसरमा बिभिन्न क्षेत्रमा फैलिएर आफ्नो ठाउँबाट गरेको योगदानको कदर गर्दै महिलाहरुलाई सम्मान गरिएको बताए । उनले प्रतिष्ठानले आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई अगाडी बढाउने जानकारी दिए । 

chandralok-pratisthan-samman.jpg

कार्यक्रममा संघिय संसद सचिवालयकी उप सभामुख इन्दिरा रानालाई पनि सम्मान गरिएको थियो । साथै राष्ट्रिय सभा सदस्य तथा बिद्यायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राई, नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य सरस्वती वजिमय, जनता समाजवादी पार्टी नेपालकी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य रञ्जु झा ठाकुर, नेकपा समाजवादी पार्टीकी केन्द्रिय सदस्य तथा हेटौडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, नेकपा एमाले काठमाडौं जिल्ला सदस्य तथा गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामा, नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा सामाजिक अभियान्ता सावित्री कुमारी अधिकारी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकी उप कार्यकारी अधिकृत दुर्गा कुमारी कडेल, नेपाल आयल निगमकी निर्देशक निर्मला आचार्य, राष्ट्रिय सेवा दलकी प्रमुख सेनानी पूजा कार्की लगायतका बिशिष्ठ अतिथिहरु सम्मानीत भएका थिए ।

chandralok-pratisthan (1).JPG

कार्यक्रममा महिला हिंसा तथा चेलिबेटी बेचबिखनका बिरुद्धमा निर्मित सन्देशमूलक लघुनाटक चेतना को विशेष प्रदर्शनी पनि गरिएको छ । जसमा राष्ट्रियस्तरका कलाकारहरुले अभिनय गरेका थिए । 
यस्तै कार्यक्रममा उपकार लघुवित्त वित्तीय संस्थाकी प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्री, हाइड एण्ड सिक किन्डरगार्टेनकी संस्थापक प्रिन्सिपल कुमुद छतकुली भट्ट, डम्बर कुमारी गणेश कोइराला साहित्य प्रतिष्ठानकी अध्यक्ष मन्दिरा मधुश्री, बाग्लुंग समाज कल्याण केन्द्र काठमाडौं महिला समुहकी अध्यक्ष सोनि श्रेष्ठ, बी.एल.सी होल्डिगकी कार्यकारी अध्यक्ष तथा नर्भिक इन्टरनेशनल अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरी, मेडिसिटी हस्पिटलकी नर्सिङ प्रमुख कोपिला श्रेष्ठ पालिखे, फ्यूचर इम्प्लोइमेन्ट सर्भिसकी सुष्मा घिमिरे, नेपाल बैदेशिक रोजगार व्यसायी संघकी कोषाध्यक्ष सरिता घले, साधना लघुवित वित्तीय संस्थाकी सहायक महाप्रबन्धक सरिता ढकाल, ब्यूटी क्लिनिक एण्ड ट्रेनिङ सेन्टरकी प्रोपाइटर तथा प्रबन्ध निर्देशक रिता श्रेष्ठ, नेपाल जनस्वास्थ्य केन्द्र बालाजुकी अध्यक्ष विद्या लक्ष्मी बज्राचार्य, अपोलो व्यूटी स्टेसनकी प्रबन्ध निर्देशक अस्नु हाडा, हिमालयन इन्स्योरेन्स लिमिटेडकी प्रथम प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, क्यान महासंघकी उपाध्यक्ष तथा उद्योग वाणिज्य महासंघकी महिला कमिटि सदस्य सरिता सिंह, ब्राइट किन्डरवल्र्डकी प्रमुख हिरा थापा, हेलम्वु महिला सञ्जाल शसक्तीकरणकी कमला भण्डारी, महिला उद्यमी तथा समाजसेवी ऋतु सेन्चुरी, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ राष्ट्रिय महिला उद्यमी समितिकी गण्डकी प्रदेश संयोजक ममता वस्याल, गोरखापत्र संस्थानकी सहसम्पादक लक्ष्मी खतिवडा, स्वास्थ्यसेवी तथा सी नेपालकी निर्देशक डा. गरिमा श्रेष्ठलाई सम्मान गरिएको थियो ।

chandralok-pratisthan (3).JPG

कार्यक्रममा अन्य बृहत साँस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको थियो । जसमा स्टार कलीउड कल्चर ग्रुप, गोल्डेन गार्डेन इन्टरनेशनल एकेडेमीका कलाकारसँगै कमल ओलीले हाँस्यव्यंग्य प्रस्तुतीसँगै नवप्रतिभा बिक्रम तामाङको प्रस्तुती रहेको थियो । कार्यक्रमको आर्टिष्ट खबर डटकम मिडिया सहयोगीको रुपमा रहेको थियो ।

साथै बागबजारमा रहेको सुटमाला बिशेष सहयोगी संस्थामा रहेको थियो भने नेपाल टेलिकम, माछापुच्छ्रे बैंक, गरिमा विकाश बैंक, एनएमबि बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक तथा गोर्खाज फाइनान्स लि.ले पनि कार्यक्रमलाई सहयोग गरेका थिए ।

तस्बिरः लक्ष्मण शर्मा/ आर्टिष्ट खबर