‘रुमानी रङ्ग’का लागी अस्ट्रेलियामा विदेशि कलाकारको छनोट

...

फागुन, काठमाडौँ । नेपाली चलचित्र ‘रुमानी रङ्ग’को लागि अस्ट्रेलियामा विदेशि कलाकारको छनोट गरिने भएको छ । यो चलचित्रमा अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहनेछ । 

चलचित्रका लागि अष्ट्रेलियामा दोस्रो मुख्य भूमिकामा काम गर्ने अभिनेत्री अष्ट्रेलियन नागरिकको अडिसन हुने भएको हो । अन्य ५ जना विदेशी कलाकारका पनि अडिसन छानिने छन् । ‘हालसम्म २१६ जना अष्ट्रेलियन नागरिकले अनलाइन मार्फत आवेदन दिएका छन् भने छिटै नै २१६ जनाबाट टप १० छानिने र त्यही टप १० बाट एक जनालाई दोस्रो मुख्य अभिनेत्री छनौट गरिने छ । चलचित्रको लागि अष्ट्रेलियाको लाइन प्रोड्युसर कम्पनी डीब्वाइज इन्टरटेनमेन्टले हेर्दै छन ।

चलचित्रको अडिसनको बारेमा निर्माता तथा प्रस्तुतकर्ता जिएम ठकुरीले अष्ट्रेलियाबाट चाँडै नै सम्पुर्ण कलाकारको छनौट गरिने बताए । यो चलचित्रलाई अनिल योञ्जनले निर्देशन गर्नेछन् । चलचित्रको पटकथा र संवाद पनि उनी स्वंयमले लेखेका हुन् ।

एक्सन चलचित्र ‘लाखे’ निर्माण गरेको ग्लोबल मिडियाको यो दोस्रो फिचर चलचित्र हो । आविष्कार बहुसञ्चार प्रालिको सहकार्यमा यो चलचित्र निर्माण हुँदैछ । यो चलचित्रलाई नेपालमा काफिया फिल्मस् र कुँबेर सिने फिल्मस्ले प्रदर्शन गर्नेछन् ।