दोस्रो सातामा उक्लियो ‘उपहार’

...

चैत, काठमाडौँ । गत फागुन २५ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘उपहार’ दोस्रो सातामा उक्लिएको छ । आज (शुक्रबार) युएफएक्स चेनले चार शो दिएको देखिन्छ । अन्य बिदेशी र नेपाली चलचित्र पनि सिनेमा हलमा लागिरहेका छन् । त्यसका बाबजुतपनि उपहारमा दर्शक आइरहेका छन् । यद्यपी अपेक्षाकृत दर्शक भने ‘उपहार’ले पाउन सकेको छैन । 

ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो चलचित्रमा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा,  अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ । अभिनेत्री रेखा थापाले ‘मालिका’पछि यो फिल्मबाट ५ वर्षपछि निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् । चलचित्र रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा निर्माण भएको हो ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । चलचित्रमा विष्णु कल्पित घिमिरेको छायांकन रेहको छ भने मित्र डि गुरुङको सम्पादन छ । चलचित्रमा अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । चलचित्रको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ ।