बेगमको नयाँ सिरियल ‘हरेक पल’ले दर्शकको मन जित्दै

...

चैत, काठमाडौँ । हास्य कलाकार बेगम नेपाली (भटभटे माइला)ले नयाँ सिरियल सार्वजनिक गरेसँगै दर्शकको मन जित्दैछ । ‘हरेक पल’ नाममा सुरु भएको सिरियलको दोस्रो भाग प्रसारण भइसकको छ । ‘भटभटे माइला’ युट्युव च्यानलबाट प्रसारित यस सिरियल सामाजिक कथामा निर्माण गरिएको छ । बेगमले अर्को चर्चित सिरियल ‘गाह्रो छ हो’लाई पनि निरन्तरता दिइरहेका छन् । ‘गाह्रो छ हो’ हाँस्य टेलिसिरियल हो भने ‘हरेक पल’ सामाजिक बिषयवस्तुलाई उठाइएको प्रेम कथा हो ।

सिरियलको कथा बेगमले नै लेखेका हुन् भने उनकै मुख्य अभिनय रहेको छ । सिरियलको निर्देशन भने मनराज श्रेष्ठले गरेका छन् । प्रबेश पोखरेलले खिचेको सिरियल रबिन्द्र खड्काले सम्पादन गरेका हुन् । सिरियल प्रत्येक बिहीबार बेलुका ७ः३० बजे प्रसारण हुँदै आएको छ । सरियलमा बेगमसँगै लक्ष्मीनाथ तिमिल्सिना, लोकेन्द्र लेखक, बिमला गिरी, रिस्ता बस्नेत, मनराज श्रेष्ठ, सुरेन्द्र थापा, आयुष्मा कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।  

प्रसारित दुई भागमा आएका प्रतिक्रियालाई हेर्ने हो भने अधिकांश सकारात्मक प्रतिक्रिया छन् ।