बिनिताको ‘नपाउने मायामा’ अन्जली र देबेन्द्रको जोडी

...

चैत, काठमाडौँ । गायिका तथा म्युजिक भिडिओ निर्देशक बिनिता पौडेलले आफ्नो जन्मदिनको अवसरमा नयाँ म्युजिक भिडिओ सार्वजनिक गरेकी छिन् । उनले ‘नपाउने माया’ बोलको गीतको भिडिओ सार्वजनिक गरेकी हुन् । गीतमा शान्तिश्री परियार र कृष्ण पौडेलको स्वर रहेको छ । गीतमा शब्द र संगीत भने सुरेश भुर्तेलको रहेको छ । एरेन्ज तारानाथ आचार्यले गरेका हुन् । 

बिनिताको कथा र निर्देशन रहेको भिडिओमा बिशाल घिमिरेको सहनिर्देशन रहेको छ । राजेश घिमिरेले खिचेको भिडिओ सुजन कोइरालाले सम्पादन गरेका हुन् । भिडिओमा मोडल अन्जली अधिकारी र देबेन्द्र बब्लुको अभिनय रहेको छ । भिडिओमा अन्जली र देबेन्द्रको प्रेमलाई देखाइएको छ ।

निर्देशक बिनिताले आफ्ना यसअघिका गीत जस्तै दर्शकले अहिलेको गीतलाई पनि दर्शकले मन पराउनेमा ढुक्क छिन् । बिनिता आफैमा गायिका पनि हुन् । उनले गाएका केहि गीत यसअघि सार्वजनिक भइसकेका छन् ।