‘उपहार’को बिदेश प्रदर्शन सुरु, पहिलो शो अमेरिकाको कोलोराडोमा

...

चैत, काठमाडौँ । नेपालमा सफलताका साथ प्रदर्शनरत चलचित्र ‘उपहार’ले बिदेश प्रदर्शन यात्राको सुरुवात गरेको छ । चलचित्रको पहिलो शो अमेरिकाको कोलोराडो राज्यमा गरिएको हो ।निर्माण टिमले दिएको जानकारी अनुसार पहिलो शो हेर्न आएका ४० प्रतिशत दर्शक फर्केका छन् । चलचित्र दर्शक ओभरफ्लो भएपछि यो संख्याको दर्शक फर्काउन परेको हो ।
दर्शकको मागलाई मध्यनजर गर्दै त्यहाँ भोली १९ मार्चमा अर्को शो राखिएको चलचित्रका  कार्यकारी  निर्माता बलराम  शाही ठकुरीले बताए । त्यस्तै अमेरिकाका अन्य राज्यबाट पनि फिल्मको उच्च माग भैरहेको जानकारी  निर्माता शाहीले दिए । 

ज्ञानेन्द्र देउजाद्वारा निर्देशित चलचित्रउपहार यतिबेला देशभरका हलहरुमा सफलताकासाथ प्रदर्शन भैरहेको छ । अभिनेत्री रेखा थापाले मालिकापछि यो फिल्मबाट ५ बर्षपछि निर्माण र अभिनयमा कमब्याक गरेकी हुन । यो चलचित्र रिलिज पश्चात उनको क्रेज नघटेको चर्चा भैरहेको छ । साथै, यश पटक हलमा पूजा र बेनिशाको पनि राम्रो क्रेज देखिएको थियोे । येस्तै निर्देशक देउजाको कामको पनि तारिफ भैरहेको छ ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा,  अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । चलचित्रमा विष्णु कल्पित घिमिरेको छायांकन रेहको चलचित्रमा मित्र डि गुरुङको सम्पादन छ । फिल्ममा अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, 
चलचित्रको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ।