खेम सेन्चुरी र कबिता खत्रीको ‘देउ न त्यो मन’को चर्चा बढ्दै

...

चैत, काठमाडौं । लोकप्रिय गायक खेम सेन्चुरी र गायिक कबिता खत्रीको स्वरमा नयाँ लोक तथा दोहोरी गीत सार्वजनिक गरिएको छ । सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा स्रोताको मन जित्दै गएको छ । उक्त ‘देउ न त्यो मन’ बोलको गीतमा शब्द बिक्रमबाबु बिश्वकर्माको रहेको छ भने संगीत नन्दु परियारले दिएका छन् । संगीत संयोजनको काम श्वामश्वेत रसाइलीले गरेका छन् । 

गीतको भिडिओमा लोकप्रिय नायक पुष्प खड्का र डान्सर कविता नेपालीलाई देख्न सकिन्छ । भिडिओको कोरियोग्राफी र निर्देशन अशोक बिकले गरेका हुन् । भिडिओ खिच्ने काम अजय रेग्मीले गरेका हुन् भने सम्पादन मिलन बिश्वकर्माले गरेका हुन् । 

गायिका कबिताकै युट्युव च्यानलमार्फत यो गीतको भिडिओ सार्वजनिक गरिएको छ । गीतको प्रस्तुतकर्ता पनि कबितानै हुन् । उनले आफूले यसगीतका लागी निकै मिहिनत गरेको बताउँछन् । गायिका कबिताले आर्टिष्ट खबरसँग कुरागर्दै भन्छिन्, यसअघिका गीतहरु भन्दा धेरै नै मिहिनत गरेका छौं । सम्पुर्ण टिमले राम्रो बनाउने कोशिस गरेका छौं । पक्कै पनि दर्शक तथा स्रोतालाई यो गीत मन पर्नेछ । 

ओखलढुंगा स्थायी घर भएकी कबिता पछिल्लो समय काठमाडौंमा गायनलाई अगाडी बढाइरहेकी छिन् । यसअघि उनले दर्जनबढी गीत गाइसकेकी छिन् ।