अमरदीप सुनुवारको ‘दिनरात सधैं सधैं’ गीत सार्वजनिक

...

चैत, काठमाडौँ । कवि तथा गीतकार अमरदीप सुनुवारको ‘दिनरात सधैं सधैं’बोलको गीत सार्वजनिक गरिएको छ। उपसचिवसमेत रहेका सुनुवारले दोस्रो प्रस्तुति ‘दिनरात सधैं सधैं’को म्युजिक भिडियो लिएर आएका हुन् ।

उनले काभ्रेपलाञ्चोक जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी रहँदा ‘लिखु खोलाको तिरैतिर’भन्ने गीत ल्याएका थिए । सुनुवार ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर केहि दिन अगाडि मात्र गृह मन्त्रालयमा सरुवा भएका छन् ।

‘दिनरात सधैं सधैं’बोलको गीतमा अमरदीप सुनुवारको शब्द, वरिष्ठ संगीतकार शान्तिराम राईको संगीत र भ्वाइस अफ नेपालका विजेता विनोद राईको स्वर रहेको छ । 

सुनुवारको गीतमा घरबाट टाढा रहँदा गाउँमा रहँदाको याद स्मरण गराएको छ। गीतमा आफू जन्मेको गाउँ, आफ्ना साथीहरु, छिमेक र आफन्तसँग खेलेका, मेला महोत्सव र अर्मपर्म गर्दाको याद दिलाएको छ । 

वैदेशिक रोजगारीको कारण नेपाली विदेशिएपछि पाउने दुःख र कष्टलाई गीतले मार्मिक ढंगमा उँधिनेको छ।  गीतमा गाउँको यादले चाँडै घर फर्कन मन लागेको अभिव्यक्त गरिएको छ ।