चलचित्र ‘साम्राज्य’को निर्माण घोषणा

...

चैत, काठमाडौं । चलचित्र ‘साम्राज्य’को निर्माण घोषणा गरिएको छ । चलचित्रलाई  बाबु साहेब बलामीले निर्देशन गर्ने भएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो ।

चलचित्रमा भोजपुरी अभिनेता कुन्दन भारद्धाज, देव सिंह, प्रशान्त ताम्राकार, अनुजा लेप्चाको मुख्य भुमिका रहनेछ । चलचित्रको घोषणा कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी प्रमुख अतिथिको रुपमा उपस्थित थिए । उनले चलचित्रलाई सफलताको शुभकामना समेत दिए ।

निर्देशक बलामीले फिल्म नेपाली र हिन्दी गरी दुई भाषामा रिलिज गरिने जानकारी दिए । उनको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘देववाणी’ पनि दुई भाषामा नै तयार गरिएको छ । हरिबहादुर घलेको छायाङ्कन रहने फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत हुनेछ ।

अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने चलचित्रमा हिराबहादुर लेप्चा र पूर्णिमा लेप्चाको लगानी रहनेछ । जून ५ अर्थात जेठ अन्तिमबाट फ्लोरमा जाने इन्डो नेपाली चलचित्रमा केही नेपाली र भारतीय कलाकार छनोटको चरणमा रहेको निर्माण टिमले जनाएको छ । एक्सन जनरामा निर्माण हुने चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माता हिरा बहादुर लेप्चाले बताए ।