थानेश्वर गौतम र सबिताको स्वरमा ‘डाँडा पारी’ जुन सार्वजनिक

...

चैत, काठमाडौँ । लोकप्रिय गायक थानेश्वर गौतम र गायिका सबिता बस्नेतको स्वरमा नयाँ गीत ‘डाँडा पारी जुन’ सार्वजनिक गरिएको छ । प्रभा ब्रर्तौलाको शब्द रहेको गीतमा गायक थानेश्वरकै संगीत रहेको छ । संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् । 

गीतको भिडिओमा प्रभात पल ठकुरी, सम्पदा अम्गाईं, युवराज भट्टराईको अभिनय रहेको छ । राम केसीको टिमले खिचेको भिडिओ मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडिओ बिशाल घिमिरेले निर्देशन गरेका हुन् । 

गायका गौतमले यसगीतबाट पनि दर्शक तथा स्रोताबाट माया पाउने अपेक्षा राखेकाछन् । आर्टिष्ट खबरसँग कुरागर्दै उनी भन्छन्, यसअघिका गीतहरु सबैबाट निकै माया पाएको छु । यो गीतमा पनि निकै मिहिनत गरेका छौं । आशाछ माया पाउनेछु ।