चलचित्र ‘रावायण’ भदौ २१ (तीजमा) बाट प्रदर्शन हुने

...

चैत, काठमाडौँ । चलचित्र ‘रावायण’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र आगामी साल २०८१ भदौ २१ गते तीजको दिन प्रदर्शन हुने बताइएको छ । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने चलचित्र सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् । निर्देशन पनि सुदर्शन थापाको रहनेछ ।

चलचित्रका मुख्य कलाकारहरुमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको अभिनय रहनेछ । निर्देशक थापाका अनुसार चलचित्र चैतका तेस्रो साताबाट छायांकनका लागि फ्लोरमा जानेछ ।

चलचित्रमा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफÞी, श्री श्रेष्ठको एक्सन हुनेछ । चलचित्रको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको छ ।