हरिवंशको भ्रष्टचारी माथीको चोटिलो ब्यग्य सहितको ‘हाम्म हाम्म’ सार्वजनिक

...

चैत, काठमाडौं । वरिष्ठ अभिनेता हरिवंश आचार्यको शब्द र स्वरमा रहेको ‘हाम्म हाम्म’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजन राज सिवाकोटीको संगीत छ । एरेन्ज श्याम श्वेत रसाईलीले गरेका छन् ।
भ्रष्टचारको बिषयमा निर्माण गरिएको गीतको भिडिओमा चर्चित कलाकारहरु फिचर्ड छन् । कलाकारहरु हेमन्त बुढाथोकी, प्रियंका कार्की, दिपाश्री निरौला, निर्मल शर्मा, कमलमणी नेपाल, प्रभात रिमाल, सरोज वली, सुरज सन्जेल लगायतलाई देख्न सकिन्छ ।

नवराज उप्रेतीले खिचेको भिडिओमा सुरेन्द्र बसेलको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । भिडिओलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । भिडिओ आईटी इन्टरटेन्मेन्ट युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । भिडिओमा भ्रष्टचारीमाथी चोटिलो ब्यंग्य गरिएको छ ।