राजु गिरीले दुईवटा चलचित्र रिलिज नहुँदै घोषणा गरे ‘डल्लेले इन्ट्री मार्यो’

...

चैत, काठमाडौँ । चलचित्र निर्देशन राजु गिरीले आफ्नो दुईवटा चलचित्र रिलिज नहुँदै अर्को चलचित्र निर्माणको घोषणा गरेका छन् । निर्देशक गिरी निर्देशित दुई चलचित्र ‘नम्बरी सुन’ र ‘ईश्वर’ प्रदर्शनको तयारीमा छन् । ‘ईश्वर’ २०८१ मंसिर १४ गतेबाट प्रदर्शनमा आउने छ, भने ‘नम्बरी सुन’को अहिलेसम्म दुई पटक प्रदर्शन मिति घोषणा गरेर पनि रिलिज हुन सकेको छैन ।

यसैबिच गिरीले नयाँ चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’ को निर्माण घोषणा गरेका छन् । २०८१ साउन २० गतेबाट फ्लोरमा जाने फिल्मको सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । जिआर प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रमा नयाँ तथा पुराना कलाकारहरुको समिश्रण रहने बताइएको छ । निर्देशक गिरीको कथा रहेको चलचित्रको पटकथा तथा संवाद कलाकार सविन बास्तोलाले लेखेका हुन् ।

बाबुल गिरीको संगीत रहने चलचित्रलाई आशिक बस्नेत र आर्दश बस्नेतले निर्माण गर्दैछन् ।