पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा सीता सुवेदी सम्मानीत

...

चैत, काठमाडौँ । पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ‘वन लेग क्लासिकल डान्सर’ सीता सुवेदीलाई सम्मान गरिएको छ । नेपाल पर्यटन बोर्डको हलमा भएको महोत्सव उद्घाटनको औपचारिक सत्रमा सुवेदीलाई सम्मान गरिएको हो । तीनदिन सम्म चलेकोे उक्त चलचित्र महोत्सव पहिलो दिन नेपाल पर्यटन बोर्ड, दोस्रो र अन्तिम दिन चलचित्र बिकाश बोर्डमा भब्यताका साथ सम्पन्न भएको थियो । 

sita-subedi-news.jpg

नेपाली कला तथा संस्कृतिको क्षेत्रमा नृत्य मार्फत बिशेष योगदान पुर्याएको भन्दै सुवेदीलाई पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवकी जुरी सदस्य, सर्बियाकी चलचित्र निर्देशक तथा प्रोफेसर ल्जुबिन्का स्टोजानोभिकसँगै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले सम्मान पत्र प्रदान गरेका थिए । सम्मानीत सुवेदीले आफूलाई दिएको सम्मानले थप जिम्मेवारी महसुस गराएको बताइन् । उनले नेपाली कला र संस्कृतिको क्षेत्रमा आगामी दिनमा थप उर्जाका साथ काम गर्ने बताउँछिन् । 

WhatsApp Image 2024-04-03 at 8.36.34 PM (1).jpeg

महोत्सवमा दीपेन्द्र के खनाल निर्देशित ‘चिसो मान्छे’ उत्कृष्ट चलचित्र घोषित भएको थियो । छोटो फिल्मतर्फ ‘घुर्रा’ सर्वश्रेष्ठ बन्यो । अभिनेत्रीतर्फ स्वस्तिमा खड्का उत्कृष्ट बनिन् । ‘महापुरुष’बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेताको पुरस्कार जिते । सोही चलचित्रबाट प्रदीप भट्टराई उत्कृष्ट निर्देशक बनेका थिए ।

‘छक्कापन्जा ४’बाट दीपकराज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौलाले ‘जुरी मेन्सन अवार्ड’ पाएका थिए । वृत्तचित्र ‘थिम’, ‘दिअर ईज नो टुमारो’, ‘मकै विवाह’, ‘द गोर्खा गर्ल’, उत्कृष्ट बाल चलचित्रमा ‘ईअर्ली होम’ पनि अवार्ड प्राप्त गरेका थिए ।