सीता सुवेदीले ‘माया घर नेपाल’सँग जोडिएर ‘जीवन जिउने कला’ सिकाउँदै

...

गोपिकृष्ण चापागाईं/ चैत, बेलबारी । एउटै खुट्टाको सहरामा शास्त्रीय नृत्य गर्दै विश्वसामु नेपाली कला र संस्कृतिलाई चिनाउदै हिडेकी सीता सुवेदीको प्रस्तुतीसँगै ‘जीवन जिउने कला’ कार्यक्रम हुने भएको छ । शुक्रबार मोरङको बेलबारी १ स्थित जनसांस्कृतिक भवनमा माया घर नेपालको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । कार्यक्रममा नृत्यांगना सीताको ‘मोटिभेसनल स्पिच’सँगै बिशेष प्रस्तुती रहने बताइएको छ । 

माया घर नेपालको एक ईट्टा अभियान कार्यक्रम अन्तर्गत आयोजीत शास्त्रीय नृत्यांगना तथा एमएस नेपाल इन्टरनेशनल २०२३ बिजेता सीताको ब्यक्तिगत जीवनको भोगाईबाट पनि धेरैले जीवन जीउने कला सिक्न सक्ने आयोजकले बिश्वास लिएको छ । माया घर नेपालकी अध्यक्ष शुभद्रा प्याकुरेलले जसको केहि छैन र कोहि छैन त्यस्ता ब्यक्तिहरुका लागी माया घर नेपाल रहेको बताउँछिन् । ‘बिगत आठ बर्षदेखी हामीले सडक आश्रित मान्छेहरुलाई आश्रय दिँदै आएका छौं । अहिलेको यो कार्यक्रमले मानिसमा जीवन जिउने कला सिकाउनेमा विश्वास लिएका छौं ।’ अध्यक्ष प्याकुरेलले भनिन् । ‘मानिसमा बिभिन्न किसिमका तनाव छन्, आफै भित्र दुख छन्, त्यस्ता कुराका बाबजुद पनि जीवनलाई कसरी सहज रुपमा जीउने भन्ने कुरा सिक्न सकिन्छ ।’

WhatsApp Image 2024-04-04 at 5.24.02 PM.jpeg

कलाकार सीताले माया घर नेपालले गर्दै आएका कामहरु हेर्दै आएको र अहिले प्रत्यक्ष जोडिएर काम गर्न पाउँदा खुसी लागेको बताइन् । साथै उनले कार्यक्रममा सबैलाई उपस्थित भइदिन आग्रह गरिन् । माया घर नेपालकी उपाध्यक्ष राधिका थापाले एक ईट्टा अभियानमा सबैलाई जोडिन आग्रह गरिन् । उनले संस्थाको भवन निर्माणका लागी एक ब्यक्ति एक ईट्टा अभियान सुरु गरिएको बताइन् । यस्तै संस्थाकी सचिव सुमि थापाले एक ब्यक्तिले २० रुपैंया बराबरको एक ईट्टा सहयोग गर्दा मात्रै पनि गास, बास नभएकाहरुले आश्रय पाउने बताउँछिन् । 

sita-subedi-news.jpeg

सीतालाई सम्मान
नृत्यांगना सीता सुवेदीलाई माया घर नेपालले बिहीबार सम्मान गरेको छ । माया घर नेपालको प्रांगणमा एक कार्यक्रमका आयोजना गर्दै नृत्यको माध्यमबाट नेपाली कला र संस्कृतिलाई फैलाएको भन्दै सम्मान गरिएको थियो । संस्थाकी अध्यक्ष शुभद्रा प्याकुरेल, उपाध्यक्षद्धय राधिका थापा, सुशिला सिटौला, सचिव सुमि थापालगायतले सम्मान पत्र प्रदान गरेका थिए ।