ममताको स्वरमा राजु सुन्दासको भजन ‘प्रशंसा’ सार्वजनिक

...

चैत, काठमाडौँ । गायिक ममता गुरुङको स्वरमा भजन गीत ‘प्रशंसा’ सार्वजनिक गरिएको छ । राजु सुन्दासले निर्माण गरेको यस गीत भजनसंग्रह १०३ः १.५ बाट लेखिएको हो । यो पद होसन्ना मण्डलीको वार्षिक पद पनि हो । गीतमा शब्द र संगीत लिदिया लामाको रहेको छ । लिदिया लेभेन्डर प्राइमरी स्कुलको प्रिन्सिपल समेत हुन् । गीतमा कोरस स्वर बिमला, पबित्रा र सारदाको रहेको छ ।

raju sundas song prasamsa (4).JPG

गीतको भिडिओमा देवीसरा बादी फिचर्ड छिन् । देवीसरा बादी समुदायलाई प्रतिनिधित्व गर्दै विश्वसामु नेपाललाई चिनाइरहेकी छिन् । उनी बादी समुदायको शिक्षाका लागी दुईदशक देखी लागिरहेकी महिला हुन् । उनी हाम्रो घर नेपालकी अध्यक्ष समेत हुन् । उनीसँगै भिडिओमा  एचसीएम ब्याण्डलाई देख्न सकिन्छ । दिनेश पराजुली र बिशाल थापाले खिचेको भिडिओको निर्देशन गणेश शाहले गरेका हुन् ।

raju sundas song prasamsa (3).JPG

गीतको भिडिओ एक बिशेष कार्यक्रमका बिच सार्वजनिक गरियो । बुधबार होसन्ना मण्डलीमा आयोजीत कार्यक्रममा अग्रह गायिका शलोमी तिमोथी प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् । उनीसँगै गीतकार तथा चलचित्र निर्माता सुवास भुसाल, भिडिओ सम्पादक टेकेन्द्र शाह लगायतको उपस्थिती थियो । 

raju sundas song prasamsa (1).JPG