अन्जु पन्त र सुदन गैरेको स्वरमा ‘अरुसित माया गर्न पाईदैन’, गणेशले गरे एक्सन कट

...

चैत, काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्त र गायक सुदन गैरेको स्वरमा नयाँ गीत ‘अरुसित माया गर्न पाईदैन’ सार्वजनिक गरिएको छ । राजेन्द्र थापाको शब्द रहेको यस गीतमा आशिष अविरलको सगीत रहेको छ । 

गीतको भिडिओमा प्रभात पल ठकुरी र बिना राउतले अभिनय गरेका छन् भने राजिव समरको कोरियोग्राफी र गणेश शाहीको निर्देशन रहेको छ । बिशाल थापाको छायांकन रहेको भिडिओ दिन्शन शाहले सम्पादन गरेका हुन् । 

भिडिओका निर्देशक गणेशले एफएफडिसी स्टुडियोमा दुई दिन लगाएर भिडिओ छायांकन गरिएको जानकारी गराए । उनले भिडिओ मेकिङमा आफ्नो टिमले निकै मिहिनत गरेको बताउँछन् । गीतको भिडिओ राईट ट्युन इन्टरटेनमेन्टको युट्युवमार्फत सार्वजनिक गरिएको छ ।