समीर र सिम्रनको स्वरमा ‘रुमाल फाट्यो नि’ गीत सार्वजनिक

...

चैत, काठमाडौं । नयाँ गीत ‘रुमाल फाट्यो नि’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा गायक समीर आचार्य र गायिका सिम्रन परियारको स्वर रहेको छ । यस्तै गीतमा सन्तोष सुनारको शब्द र संगीत, सुदीप सागरको एरेन्ज र एचबीएन किस्मतको मिक्सिङ तथा माटस्टरिङ छ ।

भिडिओमा सन्तोष सुनार, गुराँस ढकाल, सुरक्षा इटनी ज्भिन र ज्भिस श्रेष्ठ फिचर्ड छन् । डान्सिङ नम्बरको गीत दोहोरी फ्लेभरमा छ । भिडिओमा विशाल कार्कीको प्रोडक्सन, प्रशान्त मगर र करण खतिवडाको सहायक निर्देशन, टेकेन्द्र शाहको सम्पादन र कलर, रामकुमार केसीको छायांकन र शिशिर खातीको कोरियोग्राफी तथा निर्देशन छ ।

भिडिओ नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।