गायिका सुजाताले ल्याइन् लोकदोहोरी गीत  ‘आलु तामाले’

...

चैत, काठमाडौँ । नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । जसमा गायिका सुजाता केसीको स्वर रहेको छ । यसअघि पनि दर्जनौं गीत गाइसकेकी सुजताको यसपटकको गीत रोमान्टिक शैलीमा बनाइएको छ । गीतमा गायिका केसीसँगै अमृत खातीको स्वर रहेको छ । 
गायक अमृत खातीकै शब्द, दीप शंकर चौलागाइको संगीत रहेको गीतको एरेन्ज बिनोद बाजुरेलीले गरेका हुन् । गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ । जसमा गायिका केसी र काजिस श्रेष्ठको नृत्य देख्न सकिन्छ ।  डान्सिङ शैलीमा तयार गीतको भिडियोमा केही कोरस समेत प्रयोग भएको छ ।

सुशिल शर्माको निर्माण रहेको  भिडिओमा दुर्गा पौडेलको छायांकन, विकाश ज्ञवलीको सम्पादन छ । भिडिओलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियो गायिका केसीको आफ्नै अफिसियल युट्युब च्यानल सुजाता केसीबाट सार्वजनिक भएको छ । गीत श्रोता तथा दर्शकले रुचाउने विश्वास गायिका केसीले लिएकी छन् ।