विश्वरामले ल्याए ‘ल्याङ ल्याङ’ बोलको गीत

...

बैशाख, काठमाडौं । केहिसमय अघि कट्टा हान्दिन्छु गीतका कारण विवाद र चर्चामा आएका गायक विश्वराम कार्कीले नयाँ गीत ‘ल्याङ ल्याङ’ सार्वजनिक गरेका छन् । शनिबार काठमाडौंको जम्काभेट रेस्टुरेन्टमा पत्रकार भेटघाट कार्यक्रम राख्दै गीत सार्वजनिक गरिएको हो । गीतमा गायक कार्कीको एकल आवाज छ भने संगीत र शब्द पनि उनकै छ । गीतमा संगीत संयोजन भने जीवन बडुले गरेका छन् । 

artist khabar 1.jpg

गीतको भिडिओमा नेपाली चलचित्रका अभिनेता तथा द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीसँगै बिजय बिष्ट, रामशरण जंगम र रचन श्रेष्ठको अभिनय रहेको छ । यस्तै भिडिओमा मुख्य भूमिकामा सौगात श्रेष्ठ र रुबिना अधिकारीलाई देख्न सकिन्छ । राजेश घिमिरेले खिचेको भिडिओ टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने भिडिओका निर्देशक सिर्जन बराल (ऋषि) हुन् । 

artist khabar 4.jpg

कार्यक्रममा गायक कार्कीले यसअघिको कट्टा हान्दिन्छु गीत सार्वजनिक गरेसँगै आफूलाई धेरैतरिकाबाट ल्याङ भएको भन्दै यो गीतको सिर्जना भएको बताएका थिए । कट्टा हान्दिन्छु गीत मैले धेरै पहिले रेकर्ड गराए, त्यसपछि अरुले गीत बजारमा ल्याए तर मलाई नै गीत चोरी गर्यो पनि भने । बिभिन्न विवाद भए चारैतिरबाट ल्याङ ल्याङ भइरहेको थियो । त्यहिक्रममा जन्मिएको गीत हो यो । गायक कार्कीले मिडियासँग भने । यो गीतलाई पनि दर्शक तथा स्रोताले मन पराउनेमा विश्वास लिएको छु । 

कार्यक्रममा अभिनेता राजेन्द्र खड्गीले गीतको भिडिओमा आफू जोडिन भएकोमा खुसी ब्यक्त गर्दै सबैलाई गीत हेरिदिन र सुनिदिन आग्रह गरे । आर्टिष्ट खबर मिडियाले संयोजन गरेको भिडिओ सार्वजनिक कार्यक्रम रंग पत्रकार श्यामहरी शिवभक्तीले सन्चालन गरेका छन् ।