थानेश्वर र रन्जिताको गजल ‘के अर्थ भो’ सार्वजनिक

...

बैशाख, काठमाडौं । नयाँ गजल गीत ‘के अर्थ भो’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गर्दै सार्वजनिक गीतमा थानेश्वर गौतम र रन्जिता विश्वकर्माको स्वर रहेको छ । गीतमा प्रर्भा वर्तौलाको शब्द छ भने संगीत गायक गौतम स्वयमले भरेका छन् । 

thaneswor-gautam-1.jpg

गीतको भिडिओमा अभिनेता पुष्प खड्का र अभिनेत्री स्मारिका र समारिका ढकालको अभिनय रहेको छ । भिडिओलाई मौसम हिमालले कोरियोग्राफी र निर्देशन गरेका छन् । भिडिओ सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि लोक सन्चारकर्मी नेपालका केन्द्रिय अध्यक्ष चन्द्रमणी गौतमले नेपाली गीतसंगीतको क्षेत्रमा गजल गीतको छुट्टै स्थान रहेको र बिशेषगरी थानेश्वर गौतमका गीतले दर्शक तथा स्रोताको मन छुने बताए । उनले पृश्वी इन्टरटेनमेन्टका हरेक गीतहरु उत्कृष्ट रहेका र यसगीतलाई पनि दर्शकले मन पराउनेमा विश्वास राखे । 

thaneshwor-gautam-song.jpg

कार्यक्रमका सभापति तथा पृश्वी इन्टरटेनमेन्टका अध्यक्ष पृश्वी थकालीले गायक गौतम र गायिका विश्वकर्माको आवाजले गीतलाई थप मिठास बनाएको बताए । उनले नवगायिका विश्वकर्माको उज्ववल भविष्यको कामना गरे । गीतका गायक थानेश्वरले आफ्ना यसअघिका गीतहरुजस्तै मिहिनत गरेर बनाएको र दर्शक स्रोताबाट माया पाउनुेमा आशा राखे । गायिका रन्जिताले अग्रज श्रृष्टाहरुसँग काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताइन् ।