मोडल दुर्गा भट्ट अभिनित ‘पदमका फूल’ सार्वजनिक

...

बैशाख, काठमाडौं । ५ वर्ष देखि मोडलिङमा सक्रिय मोडल दुर्गा भट्टले अभिनय गरेको नयाँ गीत ‘पदमका फूल’ सार्वजनिक गरिएको छ । महेश कुमार औजी युट्युव च्यानल मार्फत केही दिन पहिले गीत रिलिज गरिएको हो । 

भिडियोमा दुर्गाको अपोजिटमा अभिषेक खड्काले अभिनय गरेका छन् । महेन्द्र राम पार्कीको संगीतमा महेश कुमार औजी र स्वयम पार्कीले स्वर भरेका छन् । गीतको कोरसमा विमला कँडेल, लक्ष्मी राना, रुपा तामाङ, योगश पान र रामबाबु परियारले स्वर भरेका छन् । विशाल कैनीको कोरियोग्राफीमा जिबी आग्री निर्देशित गीतको भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् । भिडियो सम्पादन तथा कलर सिलन लम्सालले गरेका छन् ।
 
सार्वजनिक गीत देवाताल दर्शन रेकडिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियोलाई लिएर मोडल भट्ट उत्साहित छिन् । उनले हालसम्म पाँच दर्जन म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । अहिले सार्वजनिक गीत देउडा लयमा रहेको छ ।