विनायक तामाङ निर्देशित चलचित्र ‘ग्याल्बो राजा’को विशेष प्रदर्शन हुने

...

बैशाख, काठमाडौँ । निर्देशक विनायक तामाङ निर्देशित तामाङ भाषाको चलचित्र ‘ग्याल्बो राजा’को विशेष प्रदर्शन गरिने भएको छ । यहि वैशाख १५ गते राष्ट्रिय नाचघर जमलमा फिल्मको विशेष प्रदर्शन गर्न लागिएको हो । 

संगीता तितुङको कथामा कालिदेवी मिडिया हासउले यो फिल्म निर्माण गरेको हो । फिल्ममा विनायक तामाङ, अर्जुन गुरुङ, संगीता तितुङ, माया देवी मोक्तान, सञ्जय लामा रुम्बा, रमेश स्याङ्तान, केबी मोक्तान, मेम्मर लो, बाबुराम सुवेदी, सुनलाल वाइबा, नोर्पु तामाङ लगायतले अभिनय गरेका छन् । फिल्ममा राजु किरातको द्धन्द, उत्तम शिशिर श्रेष्ठको नृत्य, सन्चु थोकरको छायांकन तथा निमा दोङ र विश्व दोङको संगीत रहेको छ । 

फिल्मको पटकथा तथा संवाद बाबुराम सुवेदीले लेखेका हुन् । फिल्मको गीतमा रचना रिमाल, विश्व दोङ, सुमिना लो, निमा दोङ र जितु लोप्चनले स्वर भरेका छन् । ‘ग्याल्बो राजा’ नेपाली भाषामा समेत डब गरिएको छ । छिट्टै फिल्मको रिलिज डेट तोकिने निर्देशक विनायक तामाङले आर्टिष्ट खबरलाई जानकारी दिएका छन् ।