रावायणः प्राविधिकदेखी कलाकारहरु छनौट हुँदै

...

बैशाख, काठमाडौँ । नयाँ चलचित्र रावायणले यतिबेला टिम छनौटको काम गरिरहेको छ । चलचित्रका लागी प्राविधिक देखी कलाकारहरु छनौट गरिरहेको छ । यसै वर्षको भदौ २१ गते तिजको दिन रिलिज हुने चलचित्रले कलाकारदेखि प्राविधिकसम्मलाई अनुबन्धित गर्दै ‘वेलकम बोर्ड’ मार्फत आफ्नो टिममा स्वागत गरेको छ । 

सुदर्शनले अधिकांश निर्माता र निर्देशकले प्रमुख कलाकारलाई मात्र ‘वेलकम बोर्ड’ मार्फत स्वागत गरेको देखिएको उल्लेख गर्दै आफूले भने प्राविधिकहरुलाई पनि समेटेको बताएका छन् । “कलाकारले मात्र फिल्म बन्दैन” फिल्मको महत्वपूर्ण पाटो भने प्राविधिकहरु पनि हुन् । त्यसकारण हामी हरेक प्राविधिकलाई उत्तिकै स्थान दिन चाहन्छौं । फिल्ममा हरेक प्राविधिकको पनि उत्तिकै मेहनत हुन्छ । ती प्राविधिकलाई दर्शकले पनि चिन्नुपर्छ भन्ने मेरो मान्यता हो’, सुदर्शनले भने । 

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने चलचित्र सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् । चलचित्रका मुख्य कलाकारहरुमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायत धेरै नयॉ तथा पुराना कलाकार हरुको अभिनय रहनेछ । 

चलचित्र वैशाखको दोस्रो साताबाट फ्लोरमा जानेछ, यो चलचित्र लाई निकै नै ठुलो क्यानभासमा निर्माण गरिदै छ। चलचित्रमा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफि, श्री श्रेष्ठको एक्सन हुनेछ । चलचित्रको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको छ । चलचित्रको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफ.डी कम्पनीले गर्ने छ भने डिजिटल पार्टनर को रुपमा ओ.एस.आर डिजीटल रहेको छ।