अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर तीनदिनमा २२ लाख पटक हेरियो

...

बैशाख, काठमाडौँ । अनमोल केसीको अभिनय रहेको चलचित्र ‘फर्की फर्की’ ट्रेलरले गएको बिहीबार युट्युवमा अपलोड गरिएको थियो । तीनदिन पुरा हुँदासम्म ट्रेलरलाई युट्युवमा २२ लाख भन्दा बढीपटक हेरिएको छ । यो समाचार तयार पार्दासम्म २२ लाख ३१ हजार भ्युज देख्न सकिन्छ । यस्तै ४७ हजार लाइक र ५ हजार बढी प्रतिक्रिया आएका छन् । 

अधिकांश प्रतिक्रियामा दर्शकले अनमोल लभर ब्वाईको रूपमा ब्याक भएकोमा स्वागत गरेका छन् भने उनको नयाँ चलचित्रछिटो हेर्न आतूर रहेको प्रतिक्रिया उत्तिकै व्यक्त छन् । ट्रेलरमा जोडिएको अनमोल र अभिनेत्री जसीता गुरुङको प्रेम प्रसंग र नेपाली फिल्ममा पहिलोपटक देखाउन खोजिएको ‘टाइम लूप’लाई दर्शकले व्यग्र प्रतिक्षा गरेको संकेत ट्रेलरमा प्राप्त प्रतिक्रियाबाट बुझिन्छ ।

farki farki movie poster.jpg

निर्माता रोहित अधिकारीले चलचित्रप्रति ट्रेलर हेरेर नै दर्शकले देखाएको चासो र व्यक्त गरेको प्रतिक्रियाले निर्माण टिम उत्साहित रहेको बताए । युवापुस्तामा सर्वाधिक लोकप्रिय रहेका अभिनेता अनमोलले दर्शकले मन पराउने कथा रहेकैले र लगातार गरिरहेका चलचित्र भन्दा केहि भिन्न प्रकारको कथा रहेकोले ‘फर्की फर्की’ आफ्नो लागि विशेष रहेको बताए ।

यसैबीच चलचित्रको ट्रेलरले प्राप्त साथ र प्रतिक्रियाले फिल्मको वैदेशिक प्रदर्शनमा उछाल आएको छ । निर्माता अधिकारीले ट्रेलर रिलिजपछि नेपालीहरू बसोबास गर्दै आएका दर्जनबढि देशहरूबाट चलचित्रको माग आएको बताए । केहि देशहरूमा चलचित्रको प्रदर्शन अधिकार यसअघि नै बिक्री भइसकेको र धेरैमा कुरा अघि बढिसकेको बताउँदै रिलिज पहिले नै चलचित्रले ७५ प्रतिशत लगानि सुरक्षित गर्ने बाटोमा गएको अधिकारीले बताए । 

सुयोग गुरुङ निर्देशित चलचित्रमा अनमोल र जसीतासँगै रवि काफ्ले र समृद्धी अर्यालले प्रमुख भुमिकामा अभिनय गरेका छन् । काफ्ले र अर्याल दुबैको लागि यो चलचित्र डेब्यू रहनेछ । रोहित अधिकारी फिल्मस्ुले ओएसआर डिजिटलको सहकार्यमा चलचित्रनिर्माण गरेको हो । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन छ । निर्देशक गुरुङकै कथा तथा पटकथा रहेको चलचित्रलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस् ले प्रदर्शन अधिकार खरिद गरेको छ ।