प्रचारमा अघि बढ्दै चलचित्र ‘मनसरा’

...

बैशाख, काठमाडौँ । चलचित्र ‘मनसरा’ले प्रचारप्रसारको काम अगाडी बढाइरहेको छ । कवि हुँदै चलचित्र लेखन अनि त्यसपछि चलचित्र निर्देशनमा होमिएका उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय चलचित्रले आफ्नो राष्ट्रव्यापी ‘कविता कन्सर्ट’लाई शनिबार इटहरी पुगेर बिट मार्‍यो ।

दर्शक र कविता प्रेमीहरुबाट न्यायो साथ पाएको यो चलचित्र आफ्नो प्रचारका लागि क्रिकेट मैदानमा पनि उपस्थित भएको छ । शनिबार नेपाल र वेस्ट इण्डिज’ए’बीच भएको खेलमा निर्माणपक्षले आफ्नो प्रत्यक्ष उपस्थिति जनायो।

दुई देशबीच हिजो भएको रोमाञ्चक भिडन्तमा नेपालले दुई बल बाँकी छँदै इण्डिजमाथि जित दर्ता गर्‍यो । यस क्रममा गुल्सन झाले अन्तिममा लगातार दुई चौका प्रहार गरे । झाले प्रहार गरेका यी चौकाले नेपाललाई दुई बल बाँकी छँदै जित दिलायो ।

उनको यो सटका लागि ‘मनसरा’ले नगद १० हजार रुपैयाँको ‘सट अफ द डे’ प्रदान गर्‍यो । उनलाई यो पुरस्कार ‘मनसरा’का निर्माता(सिनेम्याटोग्राफर शैलेन्द्र ध्वज कार्कीले प्रदान गरे । सिनेमा वैशाख २१ गते रिलिज हुँदैछ।

सिनेमामा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । सिनेमाका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह(निर्माता हुन् ।

चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।

यो चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ । जी टु वान सिनेमाको डिजिटल पार्टनर हो ।