‘कमेडी दरबारमा महारानी र महाराजको लुक्समा गौरी र बिजय, लुक्स सार्वजनिक

...

बैशाख, काठमाडौं । नयाँ टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’का ‘महाराज’ र ‘महारानी’को लुक्स सार्वजनिक गरिएको छ । अभिनेत्री गौरी मल्ल ‘महारानी’ र अभिनेता बिजय बराललाई ‘महाराज’को लुक्समा प्रस्तुत गरिएको छ । सार्वजनिक पोस्टरमा गौरी र बिजय दरबार भित्र देखिन्छन् । 

comedy-durbar-poster 2.jpg

साथै उनीहरुसँगै ‘अप्सरा’को लुक्समा पुर्व मिस नेपाल नम्रता श्रेष्ठलाई देखाइएको छ । उनको पनि पोस्टर सार्वजनिक गरिएको छ । शोका निर्देशकद्धय बिक्की अगरवाल श्रद्धा प्रसाईंले अन्य पात्रको केहि समयपछि लुक्स सार्वजनिक गरिने बताएका छन् । निर्देशक अगरवालका अनुसार कमेडी दरबार अहिले नेपालमा आइरहेका कमेडी शो भन्दा फरक हुने विश्वास दिलाएका छन् । 

comedy-durbar-poster 3.jpg

शोमा गौरी, बिजय र नम्रताका साथमा नायिका नम्रता सापकोटा, कमेडियनहरु पवन खतिवडा, हिमेश पन्त, सुन्दर खनाल, उत्सव सापकोटा, मोडल मिस पवी र प्रियना रहेका छन् । बुझिए अनुसार यो शो प्राइम टेलिभिजनमा आगामी असार महिनाबाट प्रसारणमा आउनेछ ।