चलचित्र ‘मनसरा’को अग्रिम बुकिङ टिकट खुल्ला

...

बैशाख, काठमाडौँ  । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मनसरा’को अग्रिम बुकिङ टिकट खुल्ला गरिएको छ । क्यूएफएक्सलगायत हलले अग्रिम बुकिङ टिकट खुल्ला गरेका हुन् । क्यूएफएक्सले देशभरका हलमा ‘मनसरा’लाई ६९ शो दिएको छ । क्यूएफएक्सले काठमाडौंमा २८ र मोफसलमा ४१ शो उपलब्ध गराएको छ ।

वान सिनेमाजले दुईवटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ । देशकै दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई लगायतका हलमा  ग्रिम बुकिङ टिकट खुल्ला हुन बाँकी छ । बुधबार साँझसम्म देशभरका सम्पुर्ण हलमा अग्रिम बुकिङ टिकट खुल्ला हुनेछ । सुरुवाती अवस्था हेर्दा सिनेमाले मल्टिप्लेक्सदेखि सिंगल स्त्रिनसम्म उच्च शो पाउने देखिन्छ । चलचित्र उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्  । उपेन्द्र उनै निर्देशक हुन् जसले निर्देशन गरेको चलचित्र जारी सुपरहिट भएको थियो । 
 
ठूला मल्टिप्लेक्स चेनमा उच्च शो पाएको सिनेमाले आक्रामक व्यापार गर्ने देखिएको छ । स्टारकास्ट रहेको सिनेमा र कबड्डीको ब्रान्डका कारण पनि सिनेमाले दर्शक तान्ने धेरैको अनुमान छ । ट्रेलरले बनाएको हाइपले पनि सिनेमा प्रतिक्षित बनेको छ ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा दयाहाङ राई, प्रविण खतिवडा, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् । चलचित्रमा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको पनि अभिनय रहेको छ । चलचित्रका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह निर्माता हुन् ।

चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको चलचित्रमा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।