चलचित्र ‘रावायण’सँग जोडियो यति एयरलाइन्स

...

बैशाख, काठमाडौं । चलचित्र ‘रावायण’ को छायांकन नसकिदै विभिन्न ब्रान्ड फिल्मसँग जोडिन सुरु भएको छ । चलचित्रको स्टार कास्ट र निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्ट भएको कारण पनि धेरै ब्रान्ड फिल्मसँग जोडिन चाहिरहेका छन ।

यही क्रममा यति एयरलाइन्स एयरलाइन्स पार्टनरका रुपमा चलचित्रमा जोडिएको छ । यति एयरलाइन्सका प्रतिनिधिसँग निर्माता तथा नायिका पूजा शर्माले सहकार्यको सम्झौता गरेका छन् । हाल छायांकनरत फिल्ममा पूजा शर्मा, पल शाह, प्रमोद अग्रहरी, प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, समीर मियाँको भीएफएक्स, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व छ । चलचित्रको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको हो । चलचित्र वितरण काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ । फिल्मको डिजिटल पार्टनर ओएसआर डिजीटल हो ।

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने चलचित्रका निर्माता सुदर्शन थापा र पूजा शर्मा हुन् । चलचित्र यसै वर्षको भदौ २१ गते तिजको दिन रिलिज हुँदैछ ।