जापानमा दोस्रो संस्करणको ए एम एस इन्टरनेसनल अनर अवार्ड सम्पन्न

...

बैशाख, काठमाडौं । ए एम एस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ । ए एम एस इन्टरटेण्मेण्ट र सनराइज कम्पनी जापानले संयुक्त रुपमा आयोजना गरेको दोस्रो संस्करणको उक्त अवार्ड जापानको टोकियोमा एक भव्य कार्यक्रमबीच सम्पन्न भएको भएको हो । 

कार्यक्रममा सहभागी हुन नेपालबाट सेलिब्रटीहरूको ठूलो समूह जापान पुगेको थियो । कलाकारहरू शिव श्रेष्ठ, भुवन केसी, शम्भुुजित बाँस्कोटा, चेतन सापकोटालगायत जापान जानुभएको थियो । त्यसैगरी अञ्जु पन्त, कमल खत्री, गजित विष्ट, पत्रकार ऋषि धमला र नरेश भट्टराई पनि टोकियो पुग्नुभएको थियो । 

japan award (2).jpg

समारोहमा संगीतरत्न शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । उहाँलाई नगद ७१ हजार १०१ रुपैयाँसहित सो सम्मान अर्पण गरिएको हो । विभिन्न २६ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा भुवन केसी, शिव श्रेष्ठ, चेतन सापकोटा, ऋषि धमलालाई सम्मान गरिएको थियो । यस्तै जापानमा रहेर कार्य गरिरहनुभएका जेएमसी मनि ट्रान्सफर जापानका चेयरमेन ओम गुरुङ, व्यवसायी संघ जापानका अध्यक्ष विजेश थकाली, एनआरएन आइआइसीका उपाध्यक्ष रविन श्रेष्ठ, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन, एनआरएन जापानका अध्यक्ष नवीन निउरे, सेतुमाया तामाओके, पासाङ विश्कर्मा, ददिवल खड्का, निमा लामा, राजेन्द्र सुनुवार लगायतलाई सम्मान गरिएको थियो । 

समारोहमा भर्सटाइल गायिका अवार्ड अञ्जु पन्त, वेष्ट पप सिंगर कमल खत्री, वेष्ट कोरियोग्राफर गजित विष्टलगायतलाई अवार्ड प्रदान गरिएको थियो ।