गायिका निर्मला थापा मगरको नया गीत ‘इन्द्रकमल’ सार्वजनिक

...

जेठ, काठमाडौँ । विगत १५ वर्ष देखि गायनमा सक्रिय लोक तथा दोहोरी गायिका निर्मला थापा मगरको नयाँ गीत ‘इन्द्रकमल’ सार्वजनिक भएको छ । निर्मला थापा मगर युट्युुव च्यानल मार्फत शुक्रबार ११ मिनेट लामो लोक दोहोरी गीत सार्वजनिक गरिएको हो ।

‘इन्द्रकमल’ शीर्षकमा सार्वजनिक गीतमा आर. के. गुरुङ र निर्मला थापा मगरको संयुक्त स्वर रहेको छ । पवित्रा सर्तुङ्गे मगरको शब्द रचनामा आर. के. गुरुङको लय रहेको गीतलाई सुदिप सागरले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा चर्चित गायक चिज गुरुङ र मोडल अन्जु गुरुङले अभिनय गरेका छन् । प्रकाश भट्टको निर्देशनमा तयार भिडियोलाई करन चैसिरले खिचेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । 

साई भिजन प्रा.लि. ले निर्माण गरेको भिडियो सिन्धुली जिल्लामा खिचिएको हो । गायिका निर्मला थापा मगरले हाल सम्म एक सय भन्दा बढी गीत गाइसकेकी छिन् । आफ्नो नयाँ गीतलाई लिएर उनी दर्शक तथा श्रोताले माया गर्नेमा आशावादी छिन् ।