‘म त ठिक्ककी छु’ भन्दैछिन् डेनी (भिडियो)

...

चैत, काठमाडौं । उमेर बढ्दै गएपछि सबैले एकचोटी अरुलाई हेरेर सोच्ने गर्छन् रे ‘अब भने ठिक्कको भइछ’ । १६ वर्षेउमेरमा एउटा युवती देखेपछि सबैले आँखा लाउँछन् नै तर युवतीहरु म ठिक्कको भाछु भनेर भन्नेचाहिँ कमै हुन्छन् । गीतसंगीतको क्षेत्रको कुरा भने अर्कै हुँदोरहेछ ।

denny regmi - music video
भर्खर भर्खर गायनमा पाइला चाल्दैगरेकी गायिका डेनी रेग्मी भने यतिखेर म त ठिक्ककी छु भन्न सक्ने भइछन् । सायद म ठिक्ककी भएँभनेर भन्ने गायिकामध्ये यी नै पहिलो होलिन् । उमेरकै कुरा गर्दा पनि उनी युवती नै हुन् क्यारे,आफ्नो कमको कुरा भनिन् अब ठिक्कको चाहिँ कसले आँखा लगाउला त्यो भने पर्खनै पर्छ ।

हिजोआज रेडियो, टीभी एवं युटुबमा बजिरहेको गीत हो ‘५ बाइ ५ म त ठिक्क कि’ । डान्सिङ गीतकोश्रेणीमा राखिएको यो गीत गायिका डेनी रेग्मीको आशिष एल्बममा रहेको गीत हो । केही समयअघिमात्रै रिलिज गरिएको यो गीतले अहिले सबैलाई नचाउन थालेको छ ।

गीतकार किरण बरालको शब्द र दिपक शर्माको सङ्गीत रहेको गीतको सङ्गीत संयोजन भने उदयराजपौडेलले गरेका छन् । भिडियोमा निता ढुङ्गाना र रन्जन रिजालको रोमान्स् हेर्न पाइन्छ । उक्तभिडियोलाई रबिन्द्र बरालले खिचेका हुन् भने निर्देशन देवेन्द्र राज पाण्डेको रहेको छ ।

निशान घिमिरेले सम्पादन गरेको उक्त भिडियोलाई आशिष घिमिरेले निर्माण गरेका हुन् । गायिका रेग्मीको एल्बम“आशिष”लाई भिजन नेपाल फिलिम्सले बजारमा ल्याएको हो भने एल्बमको बजार ब्यबस्थापन रासकृएसनले गरेको हो ।