प्रचण्डबाबुको ‘तिम्रै याद आउछ’मा साक्षीको मोडलिङ

...

जेठ, काठमाडौँ । नयाँ गीत ‘तिम्रै याद आउछ’मा मोडलि साक्षी लम्सालले मोडलिङ गरेकी छिन् । गायक प्रचण्डबाबु राईले बुद्द जयन्तीको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेका हुन् । बिहीबार काठमाडौंको मध्यबानेश्वरमा आयोजित एक कार्यक्रमबिच गीतको अडियो भिडियो सार्वजनिक गरिएको हो ।

00.PNG

हरि लम्सालको शब्द ,संगीत र एरेन्ज रहेको गीतको भिडिओमा मोडेल साक्षी लम्सालसँगै प्रचण्डबाबु  र सचिन बोगटीको अभिनय रहेको छ  ।
टुवेल नोट्स युट्युब च्यानल मार्फत सार्वजनिक गीतको भिडियोमा रोशन के श्रेष्ठको सीनेमाटोग्राफी, प्रविन मानन्धरको ड्रोन क्यामेरा र  विकास धमलाको सम्पादन रहेको छ । प्रचण्डबाबुको गत बर्ष सार्वजनिक गीत ‘दिल खोलेर कुरा गरन’ निकै लोकप्रिय भएको थियो ।