दुबईको समुन्द्रि किनारमा उषाको हट फोटोसुट

...

जेठ, काठमाडौं । मोडल उषा उप्रेतीले दुबई पुगेर समुन्द्री किनारबाट निकै हट तस्बिर सार्वजनिक गरिन् । उक्त तस्बिरमा रमेश उप्रेतीले एउटा कमेन्ट गरे । ‘प्लिज दिदी तपाईको थर परिवर्तन गर्नुस् मलाई लाज लाग्यो ।’ उषा र रमेशको थर एउटै परेछ त्यसैले उनले थर परिवर्तन गर्नुस् भनेर कमेन्ट गरिदिए । सायद रमेश उप्रेतीलाई निकै लाज लागेछ । …

मोडल उषा उप्रेतीले हट तस्बिर अहिलेमात्र होइन, समय समयमा सार्वजनिक गरिरहन्छिन् । रमेश उप्रेती नाम गरेका उनका एक दर्शकले उनको तस्बिरमा त्यस्तो कमेन्ट गरे तर सबैले त्यसरी कमेन्ट गरेका भने छैनन् । त्यसो त आफूलाई जस्तो लाग्छ त्यो किसिमको प्रतिक्रिया दिने ठाउँ हो कमेन्ट बक्स । कतिपयले निकै राम्रो तस्बिर भनेका छन् भने कतिपयले ‘सेक्सी’ भन्दै लेखेका छन् । कलाकार दिपाश्री निरौलाको बहिनी रानु निरौलाले ‘आगो’ भन्दै लेखेकी छिन् । 
 । 
झट्ट हेर्दा बलिउड वा हलिउडका मोडलहरु जस्तो लाग्ने उषा दुबईमा घुमिरहेकी छिन् । उनी मज्जैले खुलेकी छिन् । त्यसो त समुन्द्रको किनारमा गएर के सारी लगाएर फोटो खिच्नु भन्ने प्रतिक्रिया  समय समयमा धेरै नायिकाहरुले दिइरहेका हुन्छन् । जे होस् उषा कत्तिको ग्ल्यामर मोडल हुन् भन्ने उनले देखाएकी छिन् ।

usha-uprety-photos.jpg

उनले नेपालमै पनि समय समयमा ग्ल्यामर फोटो सुट गरिरहन्छिन् । ग्यामर म्युजिक भिडिओमा पनि काम गरिसकेकी छिन् । चलचित्रमा भने उनको पालो आएको छैन । नेपाली चलचित्र मेकरहरुले उनलाई नदेखेका हुन् अथवा देखेर पनि चिन्न नसकेका हुन्, त्यो भने बुझिएको छैन । टिकटकबाट उदाएर आफूलाई मोडलिङमा स्थापित गरिसकेकी उषाको अबको यात्रा चलचित्रमा हुनुपर्ने देखिन्छ । त्यसो त उषाको चलचित्रप्रति कत्तिको रुचि छ भन्ने कुराले पनि फरक पार्छ  । म्युजिक मिडिओमा मोडलिङ गरेका सबै  चलचित्रमा जम्न सक्छन् भन्ने हुँदैन, चलचित्रका लागी अभिनयको निखारता निकै चाहिन्छ । 

टिकटकबाटै आफूलाई दर्शकमाझ चिनाएर चलचित्रको यात्रा गरिसकेका केहि महिला मोडल छन् । जस्तै गरिमा शर्मा, शनिसा भट्टराई लगायतका मोडलहरु छन् । गरिमाले केहि चलचित्रमा काम गरिसकेकी छिन् भने शनिसाले आफ्नो पहिलो चलचित्रको सुटिङ गरिरहेकी छिन् । गरिमाले अभिनय गरेको ‘लण्डन टु पेरिस’ चलचित्र प्रदर्शनको क्रममा छ भने शनिसाको डेब्यु चलचित्र ‘१२ गाउँ’को सुटिङ भइरहेको छ । ‘१२ गाउँ’लाई बिराट भट्टले निर्माण गर्दैछन् भने चलचित्रमा शनिसासँगै बिराटका छोराले अभिनय गर्दैछन् ।