गायक रमेशराजले होलीमा ‘भद्रगोल’का कलाकारसँग बबाल गरे

...

चैत, काठमाडौं । नेपालमा तराई र पहाडि क्षेत्रमा गरी दुईदिन सम्म होली पर्व मनाउने गरीन्छ । हिजो (मंगलबार) पहाडि जिल्लामा होली मनाइएको छ भने आज तराईका जिल्लाहरुमा होली मनाईरहेका छन् । यसका साथै काठमाडौंमा मंगलबार होली मनाइएको छ । हाँस्य टेलिश्रृंखला भद्रगोलले आयोजना गरेको कार्यक्रममा भद्रगोलका कलाकार लगायत केही गायक गायिकाहरुले रंगिएका दर्शकहरु निकै नाचेका थिए ।

singer ramesh raj bhattarai पछिल्लो समय चर्चामा रहेको गीत बबाल भो र रक्सी बोलको गीतका गायक रमेशराज भट्टराईले दर्शकलाई निकै नै नचाएका थिए । बबाल भो बबाल भो भन्दै सिनामंगल र गोंगबु चोकको कार्यक्रममा रमेशले रंगीन दर्शकलाई निकै नचाएका थिए ।
singer ramesh raj bhattarai कार्यक्रममा भद्रगोलका निर्देशक तथा कलाकार शंकर आचार्य, अजुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), सागर लम्साल (बले), हरिस निरौला (कक्रोज), रक्षा श्रेष्ठ, गोबिन्द कोइराला (जयन्ते) मधुसुदन (सेतेबा) लगायतका कलाकारहरुले प्रस्तुती दिएका थिए । साथमा हाँस्य टेलिश्रृंखला मेरीबास्सैका केही कलाकारहरु पनि देखिन्थे ।
singer ramesh raj bhattarai

singer ramesh raj bhattarai

singer ramesh raj bhattarai

singer ramesh raj bhattarai