कौडा तथा चुड्का गीत ‘सालीनानी’ सार्वजनिक

...

जेठ, काठमाडौँ । अष्ट्रेलियामा छायांकन गरिएको कौडा तथा चुड्का गीत सार्वजनिक गरिएको छ । सपना पुनको प्रस्तुतीमा ‘सालीनानी’ बोलको कौडा तथा चुड्का गीतको अडियो भिडिओ युट्युवमा सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा गायक गणेश गुरुङ र गायिका सुष्मा पुनको आवाज छ । भिडिओमा पनि गायक स्वमय देखिएका छन् । गीतमा सामुहिक स्वर गायकद्वय दुर्गा गुरुङ, तेजेन्द्र दुरासँगै गायिकाद्वाय भिमु गुरुङ, सुमितामी परियारको रहेको छ ।

गीतमा शब्द तथा संगीत पनि गणेशकै रहेको छ भने उक्त गीतको संगीत संयोजन दुर्गा गुरुङको रहेको छ । गीतमा मिक्सिङ मास्टरिङः कृष्ण लामिछानेको रहेका छ । जुन गीत अष्ट्रेलियाको नोपोमेलो रेकर्डिङ स्टुडियोबाट समिर आचार्यले रेकर्ड गराएका हुन् । 

salinani (5).png

‘सालीनानी’को म्यूजिक भिडियोतर्फ सपना पुनको प्रोडक्सनमा अष्ट्रेलियामा छाँयाकन गरिएको हो । म्यूजिक भिडियोमा आफ्नो कलालाई दर्शकसामु पुराएर दर्शकको मन जित्न सफल, निकै ख्याती प्राप्त मोडल तथा निर्देशक राजीव बलामीको निदेर्शनमा रहेको छ । जसमा फूलु मगरको कोरियोग्राफी देख्न सकिन्छ । 

म्यूजिक भिडियोको स्क्रिनमा विन्दु गुरुङ, शिला गुरुङ, सृष्ठि मगर, स्वार्निमा गुरुङ,  स्मृति गुरुङ, प्रिया गुरुङ तथा अन्न्यको नृत्य तथा कला देख्न सकिन्छ । भिडियोमा निर्देशक वलामीले कौडा किङ गणेश गुरुङ र सपना पूनलाई मुख्य पात्र बनाई फिचरिङ गराएका छन् ।

यस गीतको म्यूजिक भिडियोलाई राजिव बस्नेतले छाँयाकन गरेका हुन्, भने चर्चित भिडियो सम्पादक विष्णु शर्माले सम्पादन गरेका हुन् ।