‘छक्का पन्जा ५’ मा वर्षा सिवाकोटीको प्रवेश, सुरु भयो सुटिङ

...

जेठ, काठमाडौं । नेपाली चलचित्र क्षेत्रको सुपरहिट चलचित्र छक्का पन्जाको पाँचौं सिरिजको रुपमा चलचित्र छक्का पन्जा ५ को निर्माण घोषणा गरिएको छ । आउँदो दशैंलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको एक पोस्टर समेत सार्वजनिक गरियो । 

चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा कलाकारको रुपमा दीपकराजसँगै, केदार प्रसाद घिमिरे (माग्ने बुढा) र नायिका वर्षा सिवाकोटीलाई देखाइएको छ । यसपटक नायिकाको रुपमा वर्षा रहनेछिन् । अन्य नायिका पनि छन् या छैनन् भन्ने बिषयमा खुलाइएको छैन । अन्य कलाकार बारे पनि पुर्ण जानकारी केहि समय पछि गराउने निर्माण टिमले योजना बनाएको छ । 

चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गर्दैछिन् । ‘छक्का पञ्जा ४’लाई भने हेमराज विसीले निर्देशन गरेका थिए । आमा सरस्वती मुभिज र आईएमआईको प्रस्तुतिमा बन्न लागेको चलचित्रको आज (बिहीबार) बिहान भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा मुहूर्त गरिएको छ । चलचित्रको छायांकन ४५ दिनमा सक्नेगरी निर्माण टिमले काम थालनी गरेको छ ।